HAI NEPAL....

आजदेखि थप दुई घण्टा लोडसेडिङ


शनिवार, 10 अक्टोबर 2009 10:42 नागरिक



काठमाडौँ, असोज २४ (नागरिक)- नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि थप दुई घण्टा लोडसेडिङ गर्ने भएको छ। अब ग्राहकहरुले सातामा १२ घण्टा अँध्यारोमा बिताउनु पर्ने भएको छ। दिन छोटो र रात लामो हुँदै गएको अवस्थामा विद्युतको माग बढ्दै गएको भन्दै प्राधिकरणले लोडसेडिङको समय थपेको हो। मध्य मर्स्याङ्दी जलविद्युत आयोजना निरीक्षणको क्रममा चार दिन पूरै बन्द हुने भएको हुँदा प्राधिकरणलाई थप गार्‍हो परेको प्राधिकरणका भार सम्प्रेषण केन्द्रका निर्देशक शेरसिंह भाटले बताएका छन्।



यसका कारण शनिबारदेखि चार दिनसम्म लोडसेडिङ नहुने समूहमा पनि विद्युत आपूर्ति बन्द हुने उनले बताए। ७० मेगावाटको मध्यमर्स्याङदी पुनः सञ्चालनमा आएपछि निर्धारित साताको १२ घण्टामात्र लोडसेडिङ हुने उनले बताए।

No comments:

Post a Comment